सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

काठमाडौंमा आजदेखि दुई रुटमा रात्रिकालीन बस चल्ने

मंगलबार, वैशाख १ २०८३
काठमाडौंमा आजदेखि दुई रुटमा रात्रिकालीन बस चल्ने

बसमा सुरक्षाका लागि एक जना नगर प्रहरीको उपस्थिति राखिने महानगरपालिकाले जनाएको छ।

काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्न लागेको छ। 

महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले आजदेखि काठमाडौंका दुईवटा रुटमा रात्रिकालीन बस सञ्चालन हुन लागेको बताएकी हुन्।

साझा यातायातसँगको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बुढानीलकण्ठदेखि लगनखेलसम्म र एयरपोर्टदेखि थानकोटसम्मको रुटमा बस चल्नेछन्। यसरी चल्ने बस प्रत्येक २० मिनेटमा उपलब्ध हुने महानगरले जनाएको छ। 

बसमा सुरक्षाका लागि एक जना नगर प्रहरीको उपस्थिति राखिने महानगरपालिकाले जनाएको छ। बस सञ्चालनको सुरुवात ७ वटा बसबाट हुनेछ। हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सीसीटीभी क्यामराबाट निगरानी हुनेछ।

यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले कसैले कुनै सामान छुटे प्राप्त गर्न सकिनेछ। कसैले दुर्व्यवहारको प्रयास गरेमा भने तत्काल नियन्त्रणमा लिन सकिनेछ।

यो बस सेवा काठमाडौंसहित ललितपुर महानगर, चन्द्रागिरि नगर र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालन भएको हो। केही वर्षअघि पनि काठमाडौं महानगरको सहयोगमा यातायात व्यवसायीले रात्रिकालीन बस सञ्चालन गरेको थियो। तर विभिन्न कारणले त्यो लामो समयसम्म चल्न सकेको थिएन। 


प्रकाशित : मंगलबार, वैशाख १ २०८३१२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend