सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ३० २०८२
आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

सङ्घले आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीलाई भेटघाट गर्दै बजेट निर्माण गर्दा दलित महिलाका सामाजिक, आर्थिक तथा अधिकारसम्बन्धी सवाललाई प्राथमिकतामा राख्न आग्रह गरेको हो।

काठमाडौं- दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रममा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न सरकारसँग माग गरेको छ।

सङ्घले आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीलाई भेटघाट गर्दै बजेट निर्माण गर्दा दलित महिलाका सामाजिक, आर्थिक तथा अधिकारसम्बन्धी सवाललाई प्राथमिकतामा राख्न आग्रह गरेको हो।

फेडोका महासचिव रेनु सिजापतिले दलित महिलालाई उद्यमी बनाउने उद्देश्यले दीर्घकालीन सीपमूलक तालिम तथा अनुदानको व्यवस्था गर्नुका साथै मन्त्रालयअन्तर्गत सञ्चालन हुने सबै कार्यक्रममा दलित महिला तथा किशोरीको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको बताइन्। 

यसैगरी हिंसामा परेका तथा वैदेशिक रोजगारीबाट फर्किएका महिलाका लागि सुरक्षित आवास र रोजगारीमुखी तालिमको व्यवस्था गर्न आग्रह गरिएको छ। बालविवाह, छुवाछूत, बलात्कार जस्ता हानिकारक अभ्यासविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा पनि फेडोले जोड दिइएको छ।रासस

प्रकाशित : सोमबार, चैत ३० २०८२१८:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend