सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मदन भण्डारी राजमार्गमा ४३ किलोमिटर कालोपत्र सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ३० २०८२
मदन भण्डारी राजमार्गमा ४३ किलोमिटर कालोपत्र सम्पन्न

सुनसरी जिल्लाको झण्डा चोकदेखि झापाका पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकमध्ये १०३.२९ किलोमिटर सडक ठेक्का भइसकेको छ भने २५.३२ कीमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ। जसमध्ये ४३.६८ किमी कालोपत्र भएको हो।

झापा- राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्गमा हालसम्म ४३.६८ किलोमिटर सडक कालोपत्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ।
 
सुनसरी जिल्लाको झण्डा चोकदेखि झापाका पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकमध्ये १०३.२९ किलोमिटर सडक ठेक्का भइसकेको छ भने २५.३२ कीमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ। जसमध्ये ४३.६८ किमी कालोपत्र भएको हो।  

कार्यालयका अनुसार कालोपत्र हुन बाँकी भागको ठेक्का लगाउने तयारी भइरहको छ। कार्यालयका इन्जिनियर स्वस्तिका भट्टराईले रुख कटानमा ढिलाइ भएकाले सडक निर्माणमा ढिलाइ भएको बताए। 

ठेक्का लागेको ३७ वटा पुलमध्ये २५ वटा निर्माण भइसकेको जानकारी दिए। निर्माण सम्पन्न हुन बाँकी रहेका १२ वटा पुलमध्ये १० वटामा सहज रूपमा गाडी कुद्न सक्ने उनको भनाइ छ। 

सडक र पुल गरी आयोजना निर्देशानलय र योजना कार्यालयबाट १० अर्ब १३ करोड रुपैयाँ ठेक्का सम्झौता भएकामा हालसम्म ८ अर्ब रुपैयाँ खर्च भइसकेको उनले बताए।रासस

प्रकाशित : सोमबार, चैत ३० २०८२१८:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend