सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टलमा ताला

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ३० २०८२
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टलमा ताला

समाज कल्याण परिषद्ले आज मातहतका जग्गा र जमिन भाडामा लिई विभिन्न व्यक्ति एवं सङ्घसंस्थाहरूले विगत लामो समयदेखि भाडा नबुझाइ सञ्चालन गरिरहेका स्टल, भवन, बुथमा ताला लगाएको हो।

काठमाडौं- वर्षौंदेखि बक्यौता नतिरी बसिरहेका भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवनमा ताला लगाइएको छ।

समाज कल्याण परिषद्ले आज मातहतका जग्गा र जमिन भाडामा लिई विभिन्न व्यक्ति एवं सङ्घसंस्थाहरूले विगत लामो समयदेखि भाडा नबुझाइ सञ्चालन गरिरहेका स्टल, भवन, बुथमा ताला लगाएको हो। 

बक्यौता बुझाउन पटक-पटक पत्राचार एवं सार्वजनिक सूचना प्रकाशित गर्दासमेत अटेर गरेपछि यसरी ताला लगाउनुपरेको परिषद्का सदस्य सचिव सरोजकुमार शर्माले जानकारी दिए।

परिषद्ले वर्षौंदेखि भाडा नतिरेका २० वटा स्टलमा तालाबन्दी गरेको हो। ताला लाग्नेमा रिपोटर्स क्लब नेपाल, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयलगायत रहेका छन्। रासस 

प्रकाशित : सोमबार, चैत ३० २०८२१८:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend