सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

प्रधानमन्त्री बालेनको खातामा १ करोड ४६ लाख नगद, अन्य सम्पत्ति कति?

आइतबार, चैत २९ २०८२
प्रधानमन्त्री बालेनको खातामा १ करोड ४६ लाख नगद, अन्य सम्पत्ति कति?

आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाल रहेको बताएका छन्।

काठमाडौं- प्रधानमन्त्री बालेन शाहले खातामा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको छ। 

आज सार्वजनिक गरिएको सम्पत्ति विवरणमा प्रधानमन्त्री शाहले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन्। 

प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाल रहेको बताएका छन्। उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेकाले त्यहाँबाट राम्रो आम्दानी हुने गरेको बताएका हुन्। 

यस्तै उनकी आमाको नाममा काठमाडौंमा पाँच आना र धनुषामा १.२ बिघा जग्गा रहेको उनले उल्लेख गरेका छन्। 

महोत्तरीमा स्वर्गीय बुबा रामनारायण शाहको नाममा ९ बिघा जग्गा रहेको उल्लेख गरेका छन्। 

श्रीमती सबिना काफ्लेको नाममा १ सय ९० तोला सुनचाँदी रहेको उनले उल्लेख गरेका छन्। उक्त सम्पत्ति पैत्रिक रहेको उनले उल्लेख गरेका छन्। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा सम्पत्ति विवरण पेस गरिएको हो। 


प्रकाशित : आइतबार, चैत २९ २०८२१९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend