सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

शिशिर खनाल र एस जयशंकरबीच भेटवार्ता, नेपाल-भारत सम्बन्ध सुदृढीकरणमा जोड

आइतबार, चैत २९ २०८२
शिशिर खनाल र एस जयशंकरबीच भेटवार्ता, नेपाल-भारत सम्बन्ध सुदृढीकरणमा जोड

जयशंकरले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शुक्रबार दिउँसो काठमाडौंमा भएको उक्त भेटमा नेपालको परराष्ट्रमन्त्री शिशिर खनाललाई पदभार सम्हालेकोमा बधाई तथा शुभकामना व्यक्त गरेको उल्लेख गरेका छन्।

काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकरले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।

जयशंकरले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शुक्रबार दिउँसो काठमाडौंमा भएको उक्त भेटमा परराष्ट्रमन्त्री खनाललाई पदभार सम्हालेकोमा बधाई तथा शुभकामना व्यक्त गरेको उल्लेख गरेका छन्।

भेटका क्रममा दुई देशबीचको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ। विशेषगरी विभिन्न क्षेत्रमा गहिरो सहकार्यमार्फत नेपाल-भारत सम्बन्धको पूर्ण सम्भावना उपयोग गर्ने विषयमा दुबै पक्षबीच विचार आदानप्रदान भएको उनले बताएका छन्।

नेपाल र भारतबीच ऊर्जा, व्यापार, पूर्वाधार तथा जनस्तरको सम्बन्धलगायत विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पछिल्लो समय निरन्तर संवाद हुँदै आएको छ।


प्रकाशित : आइतबार, चैत २९ २०८२१७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend