सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र मजबुत हुँदैन : सांसद मनिष झा

शनिबार, चैत २८ २०८२
निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र मजबुत हुँदैन : सांसद मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा ले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके मात्रै देशको अर्थतन्त्र मजबुत बन्ने बताएका छन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा ले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके मात्रै देशको अर्थतन्त्र मजबुत बन्ने बताएका छन्।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल को तेस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले निजी क्षेत्रको विकास विना समग्र अर्थतन्त्र सुदृढ हुन नसक्ने बताए।

उनले प्राइभेट क्षेत्रको वृद्धिले मात्रै मुलुकको आर्थिक आधार मजबुत हुने उल्लेख गर्दै सरकार र विकास साझेदार (डेभलपमेन्ट इकोनोमी) ले स्थायित्व कायम गर्न सहयोग गर्ने धारणा व्यक्त गरे। 'जुनसुकै देशमा पनि तीन तहको अर्थतन्त्र हुन्छ-प्राइभेट, गभर्मेन्ट र डेभलपमेन्ट इकोनोमी। जबसम्म प्राइभेट सेक्टर बलियो हुँदैन, तबसम्म देश बलियो हुन सक्दैन,' उनले भने।

सांसद झाले विकसित मुलुकहरूको उदाहरण दिँदै निजी क्षेत्रको भूमिकालाई स्पष्ट पारे। उनका अनुसार सन् २०२६ को तथ्यांकअनुसार संयुक्त राज्य अमेरिका मा निजी क्षेत्रको अर्थतन्त्र नेपाली मुद्रामा करिब साढे ४६ हजार खर्ब बराबरको छ भने चीन मा निजी क्षेत्रको पुँजी करिब ३० हजार खर्ब बराबर रहेको छ।

'यसले के देखाउँछ भने समृद्ध राष्ट्र बन्न निजी क्षेत्रको पुँजी र लगानी अत्यन्तै महत्वपूर्ण हुन्छ, उनले भने, 'हामीले पनि निजी क्षेत्रलाई सशक्त बनाउन सके मात्रै आर्थिक रूपमा अगाडि बढ्न सक्छौं।'


प्रकाशित : शनिबार, चैत २८ २०८२१६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend