सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न सक्नेगरी 'कर्मचारी सञ्चय कोष ऐन' संशोधन गरिँदै

आइतबार, चैत २९ २०८२
प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न सक्नेगरी 'कर्मचारी सञ्चय कोष ऐन' संशोधन गरिँदै

कोषले प्रचलित कानूनबमोजिम आफै वा अरु संस्थासँग मिलि कम्पनी वा संस्था स्थापना गरी पुँजी बजार एवं वित्त बजारको क्षेत्रमा कोष रकम परिचालन गर्ने सक्ने व्यवस्था गरेको छ।

काठमाडौं- सरकारले कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्ने तयारी गरेको छ।

मुख्यत: तीनवटा विषयलाई सम्बोधन गर्ने गरी ऐन संशोधन गर्न लागिएको हो। अर्थ मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा २ बमोजिम ऐन संशोधन गर्न लागेको हो।

मन्त्रालयले तयार पारेको मस्यौदामा  आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर ३३० मा कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न सक्ने गरी कानूनी व्यवस्था गर्ने नीतिगत व्यवस्था गर्ने विषय उल्लेख भएको हुँदा कानून संशोधन गर्नुपरेको विषय उल्लेख गरेको छ।

यसैगरी बजेट वक्तव्यको बुँदा नम्बर ३५० मा कोषको साझेदारीमा निर्माण तथा सञ्चालन हुने आवास परियोजनामा लगानी गरी त्यस्तो परियोजनाबाट निर्माण तथा विकास गरिएको घर घडेरी सहुलियतपूर्ण ब्याजदर र किस्ताबन्दीमा कर्मचारीलाई उपलब्ध गराउने नीतिगत व्यवस्था कार्यान्वयन गर्न पनि कानून संशोधन गर्न लागेको मन्त्रालयले जनाएको छ।

साथै कोषको ऐनमा भएका साविकका व्यवस्थालाई कार्यसञ्चालनको क्रममा अनुभूत भएका समस्या समेत निराकरण गर्ने गरी अद्यावधिक गर्न पनि कानून संशोधन गर्नु परेको मन्त्रालयले जनाएको छ।

यसैगरी मस्यौदामा कोषको सञ्चालक समित अध्यक्षमा नेपाल सरकारले नियुक्ति गरेको भन्न ठाउँमा नेपाल सरकारबाट मनोनित राजपत्रांकित विशिष्ट श्रेणीका कार्यरत कर्मचारी अध्यक्ष हुने व्यवस्था गरिएको छ।

यसैगरी मस्यौदामा कोषले सरकार  वा सरकारी स्वामित्व वा नियन्त्रणङणमा रहेका कुनै निकायसँग मिलि  उर्जा उत्पादन र प्रशारण, कृषि विकास, पर्यटन र ठूला निर्माण क्षेत्रको काम गर्ने कम्पनीको सेयरमा लगानी गर्ने सक्ने व्यवस्था गरिएको छ।

मस्यौदामा सामूहिक लगानी योजना (म्युचुअल फण्ड) सञ्चालन गर्न सक्ने, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाइमा लगानी गर्ने सक्ने र कोषले प्रचलित कानूनबमोजिम आफै वा अरु संस्थासँग मिलि कम्पनी वा संस्था स्थापना गरी पुँजी बजार एवं वित्त बजारको क्षेत्रमा कोष रकम परिचालन गर्ने सक्ने व्यवस्था गरेको छ।

यसैगरी मस्यौदामा कोषले उपयुक्त ठहऱ्याएको प्रचलित कानूनबमोजिम स्थापित कम्पनी वा संगठीत संस्था द्वारा निर्माण तथा सञ्चालन हुने आवास परियोजनामा ऋण लगानी गरी त्यस्ता परियोजनाबाट निर्माण तथा विकास गरिएका घर घडेरीहरू खरिद गर्न कर्मचारीहरूलाई सापटी प्रवाह गर्न सक्ने विषय समेत समावेश गरिएको छ।


प्रकाशित : आइतबार, चैत २९ २०८२१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend