सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २८ २०८२
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

खानी तथा भूगर्भ विभागका अनुसार चुनढुंगा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम संकलन भएको हो।

काठमाडौं- खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड रुपैयाँ राजस्व असुली भएको छ। यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो। 

खानी तथा भूगर्भ विभागका अनुसार चुनढुंगा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम संकलन भएको हो। 

गत आवमा विभागले चुनढुंगा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिंक, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा उत्खननको अनुमति दिएको थियो। रासस

प्रकाशित : शनिबार, चैत २८ २०८२१३:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend