काठमाडौं- बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७ सय १९ जना चालक ट्राफिक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, संकेत बत्ती उल्लंघनकर्ता १०२, तीव्र गतिमा सवारी हुइँक्याउने ९३ जनालाई कारबाही गरिएको हो।
त्यस्तै लेन अनुशासन पालना नगर्ने १७९ र सार्वजनिक यातायातका साधन असुरक्षित ढंगले सञ्चालन गर्ने ३८ सवारीसाधनका चालकलाई कारबाही गरिएको हो।
यसैगरी अनावश्यक रुपमा हर्न बजाउने ४६ जना, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने २० जना र अन्य सवारी नियम उल्लंघन गर्ने एक हजार ९३ जनालाई कारबाही गरिएको छ।
ट्राफिक कारबाहीबाट ११ लाख ८४ हजार ५ सय रुपैयाँ राजस्व राज्यकोषमा दाखिला भएको उक्त कार्यालयले जनाएको छ। रासस