सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २८ २०८२
स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

तिलाठी कोइलारी गाउँपालिका-५ का ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमाननगर ग्राम पञ्चायत-१५ का ६५ वर्षीय प्रभु मुखियालाई पक्राउ गरिएको हो।

इनरुवा- कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको छ लाख ६९ हजार ७१० रुपैयाँ सहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी गाउँपालिका-५ का ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमाननगर ग्राम पञ्चायत-१५ का ६५ वर्षीय प्रभु मुखियालाई पक्राउ गरिएको हो। 

मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागेर निरीक्षण गर्दा स्रोत नखुलेको रकमसहित शुक्रबार नियन्त्रणमा लिइएको हो। रासस


प्रकाशित : शनिबार, चैत २८ २०८२१३:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend