सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बागमती प्रदेशभित्र सार्वजनिक सवारीको भाडा बढाउन सिफारिस, उपत्यकामा २५.९६ प्रतिशत बढ्ने

शुक्रबार, चैत २७ २०८२
बागमती प्रदेशभित्र सार्वजनिक सवारीको भाडा बढाउन सिफारिस, उपत्यकामा २५.९६ प्रतिशत बढ्ने

काठमाडौं- बागमती प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको भाडा बढाउन सिफारिस भएको छ। केन्द्र सरकारले देशभर सञ्चालन हुने सार्वजनिक सवारीको भाडा समायोजन गरेसँगै बागमती प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको पनि भाडा बढ्ने भएको हो।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले काठमाडौं उपत्यकाका हकमा न्यूनतम भाडादरमा २५.९६ प्रतिशतले वृद्धि गर्न सिफासिर गरेको हो। शुक्रबार समितिको बैठक बसेको थियो।

अहिले उपत्यकामा न्यूनतम भाडादर (०-५ किलोमिटर) १९ रुपैयाँ छ। अब यो भाडा बढेर २३.९३ रुपैयाँ पुग्ने छ। प्रदेश यातायात मन्त्रालयले भाडा दर बढाउन सिफारिस गरिएको हो।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वीकृत गरेलगत्तै प्रदेश राजपत्रमा प्रकाशन गरी लागु गर्ने तयारी गरिएको छ।

यसअघि काठमाडौंमा २०८० भदौमा भाडा समायोजन गरिएको थियो। नयाँ सिफारिस अनुसार बागमती प्रदेशमा पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडा १२.३९ प्रतिशतले बढ्ने छ।

काठमाडौं उपत्यका बाहेक स्थानमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीमा १७.३५ प्रतिशत बढ्ने छ भने बागमती प्रदेशमा चल्ने मालवाहक सवारीमा २६.७९ प्रतिशतले भाडा वृद्धि हुनेछ।

यता बागमती प्रदेशभित्र चल्ने विद्युतीय सवारीसाधनमा भने भाडा बढ्ने छैन। २०७९ बैशाखमा तोकिएको भाडादर नै कायम हुनेछ। इन्धन मूल्यमा भारी वृद्धि भएसँगै यातायात व्यवसायीले भाडा समायोजनमा सरकारलाई निरन्तर दबाब दिइरहेका छन्।


प्रकाशित : शुक्रबार, चैत २७ २०८२२१:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend