सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

निषेधित क्षेत्रमा हेलिकप्टर उद्धार उडान अनुमति प्रक्रियामा सरलीकरण

शुक्रबार, चैत २७ २०८२
निषेधित क्षेत्रमा हेलिकप्टर उद्धार उडान अनुमति प्रक्रियामा सरलीकरण

नेपाल वायुसेवा सञ्चालक संघले निषेधित क्षेत्रहरूमा हेलिकप्टरमार्फत उद्धार उडान अनुमति प्रक्रियालाई सरलीकरण गरिएको छ।

काठमाडौं- नेपाल वायुसेवा सञ्चालक संघले निषेधित क्षेत्रहरूमा हेलिकप्टरमार्फत उद्धार उडान अनुमति प्रक्रियालाई सरलीकरण गरिएको छ।

संघका अनुसार विगत केही वर्षदेखि निषेधित क्षेत्रमा हेलिकप्टर उडान गर्दा पूरा गर्नुपर्ने लामो कागजी प्रक्रियाका कारण समयमै उद्धार उडान गर्न कठिनाइ हुँदै आएको थियो। यसका कारण स्वदेशी नागरिक तथा बिरामी पर्यटकहरूको जीवनरक्षा प्रभावित हुने अवस्था सिर्जना भएको संघले जनाएको छ।

यही समस्यालाई औंल्याउँदै संघले मिति २०८२ चैत १७ गते माननीय गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको थियो। सोही सन्दर्भमा गृहमन्त्रीको पहलमा गृह मन्त्रालयमा आवश्यक छलफल भई निषेधित क्षेत्रमा हेलिकप्टरमार्फत गरिने उद्धार उडानलाई छिटोछरितो बनाउने निर्णय गरिएको संघले जनाएको छ।

मन्त्रालयले मिति २०८२ चैत २७ गते निषेधित क्षेत्र हेलिकप्टर उडान सम्बन्धी कार्यप्रक्रिया, २०७५ को बुँदा नं. ५ बमोजिम तत्काल उद्धार कार्य सञ्चालन गरी पछि मन्त्रालयलाई जानकारी गराउन सकिने व्यवस्था गरिएको पत्र संघलाई बोधार्थमार्फत प्राप्त भएको छ।

यस निर्णयसँगै आपत्कालीन अवस्थामा उद्धार कार्य थप प्रभावकारी र समयमै सम्पन्न गर्न सहज हुने विश्वास संघले व्यक्त गरेको छ।

 


प्रकाशित : शुक्रबार, चैत २७ २०८२१७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend