सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मन्त्रिपरिषद् विस्तार : उद्योगमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव

शुक्रबार, चैत २७ २०८२
मन्त्रिपरिषद् विस्तार : उद्योगमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव

हिजोमात्रै श्रममन्त्री दीपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए। उद्योगमन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्रीले नै सम्हालिरहेका थिए।

काठमाडौं-  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादव नियुक्त भएका छन्।

यसअघि हिजोमात्रै श्रममन्त्री दीपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए। उद्योगमन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्रीले नै सम्हालिरहेका थिए। 

​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।


प्रकाशित : शुक्रबार, चैत २७ २०८२१४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend