सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

हर्मुजमा तनाव कायम रहँदा तेलको मूल्य फेरि उकालो

शुक्रबार, चैत २७ २०८२
हर्मुजमा तनाव कायम रहँदा तेलको मूल्य फेरि उकालो

'स्टेट अफ  हर्मुज' वरिपरि तनाव अझै कायम रहँदा विश्व बजारमा कच्चा तेलको मूल्य शुक्रबार पुनः बढेको छ। युद्धविरामको सहमति भए पनि प्रमुख समुद्री मार्ग अझै पूर्ण रूपमा सञ्चालनमा नआएकाले बजारमा अनिश्चितता कायम रहेको हो।

काठमाडौं- 'स्टेट अफ  हर्मुज' वरिपरि तनाव अझै कायम रहँदा विश्व बजारमा कच्चा तेलको मूल्य शुक्रबार पुनः बढेको छ। युद्धविरामको सहमति भए पनि प्रमुख समुद्री मार्ग अझै पूर्ण रूपमा सञ्चालनमा नआएकाले बजारमा अनिश्चितता कायम रहेको हो।

अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) को मे महिनाको फ्युचर्स ०.५५ प्रतिशतले बढ्दै प्रति ब्यारेल ९८.३३ डलर पुगेको छ। त्यस्तै अन्तर्राष्ट्रिय सूचक ब्रेन्ट कच्चा तेल १ प्रतिशतभन्दा बढीले बढ्दै ९६.९१ डलर प्रति ब्यारेलमा पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानले हर्मुज हुँदै जाने तेल ट्यांकरबाट शुल्क उठाइरहेको भए 'अहिल्यै रोक्न' चेतावनी दिएका छन्। यस्तो गतिविधिले दुई साताको युद्धविराम सहमतिलाई कमजोर बनाउन सक्ने संकेत गरिएको छ।

विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने यस समुद्री मार्गमा अझै ढुवानी अत्यन्त सीमित रहेको छ, जसले बजारलाई दबाबमा राखेको छ। ट्रम्पले सामाजिक सञ्जालमा इरानले हर्मुज हुँदै तेल आपूर्ति सहज बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

यसैबीच अमेरिकी आर्थिक सल्लाहकार केभिन ह्यासेट ले एक मात्र ट्यांकर पार हुन सके पनि आपूर्ति अभावको ठूलो हिस्सा पूर्ति हुने बताएका छन्।

अर्कोतर्फ साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा भएका आक्रमणले उत्पादनमा थप असर पारेको छ। सरकारी स्रोतलाई उद्धृत गर्दै दैनिक करिब ६ लाख ब्यारेल उत्पादन क्षमता घटेको र पूर्व–पश्चिम पाइपलाइनमार्फत ढुवानी पनि करिब ७ लाख ब्यारेलले घटेको जनाइएको छ।

इरानद्वारा गरिएको आक्रमणका कारण पर्शियन खाडी नजिकका प्रशोधन केन्द्रबाट रेड सीको यान्बु बन्दरगाहसम्म तेल लैजाने पाइपलाइन प्रभावित भएको छ। यसले वैकल्पिक आपूर्ति मार्गमा समेत दबाब सिर्जना गरेको छ।

साउदी अरेबियाका मनिफा र खुराइस तेल क्षेत्रहरूमा समेत आक्रमण हुँदा उत्पादनमा थप कटौती भएको छ भने केही रिफाइनरीहरू पनि निशानामा परेका छन्।

विश्लेषकहरूका अनुसार खाडी क्षेत्रबाट आयात दैनिक २० लाख ब्यारेलभन्दा तल झरेको छ र ढुवानी समय समेत लम्बिँदै गएको छ। यस्तो अवस्थामा बजारले केही समय भण्डारण र वैकल्पिक आपूर्तिमा निर्भर रहनुपर्ने देखिएको छ।

ऊर्जा बजार विज्ञहरूका अनुसार युद्धविराम भए पनि हर्मुज पूर्ण रूपमा सञ्चालनमा नआएसम्म तेल बजारमा अस्थिरता कायम रहने सम्भावना छ।


प्रकाशित : शुक्रबार, चैत २७ २०८२१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend