सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन आज

शुक्रबार, चैत २७ २०८२
राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन आज

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले चैत २७ गते अपराह्न ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्। राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थका अनुसार सोही समयमा बैठक आह्वान गरिएको हो।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले चैत २७ गते अपराह्न ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्। राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थका अनुसार सोही समयमा बैठक आह्वान गरिएको हो।

नेपालको संविधान धारा ९५ अनुसार राष्ट्रपतिले निर्वाचनपछिको पहिलो अधिवेशनमा संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ।

यसअघि प्रतिनिधि सभाको पहिलो बैठक चैत १९ गतेदेखि सुरु भएको थियो।

प्रकाशित : शुक्रबार, चैत २७ २०८२०६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend