शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बेनेलीले ल्यायो ‘सोझै २५ हजार क्यास डिस्काउन्ट’ अफर 

मंगलबार, चैत ८ २०७८
बेनेलीले ल्यायो ‘सोझै २५ हजार क्यास डिस्काउन्ट’ अफर 

काठमाडौं- इटालीको उत्कृष्ट मोटरसाइकल कमपनी बेनेलीले नयाँ योजना ल्याएको छ। कम्पनीले ‘सोझै २५ हजार क्यास डिस्काउन्ट, नो सेयर, नो लक, नो स्क्रयाच कुपन’ योजना ल्याएको हो। 

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा बेनेली मोटरसाइकल र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार रुपैयाँसम्मको नगद छुटको घोषणा गरेको छ। बेनेली मोटरसाइकलका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्ने छन्। यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध हुनेछ। 

इटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सेगमेन्टका मोटरसाइकल नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको छ। बेनेलीका मोटरसाइकल अत्याधुनिक सुविधाहरु, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन्। 

सबै प्रकारका राइडरहरुको आवश्यकता पूरा गर्ने बेनेलीको १५० सीसीदेखि ७५२ सीसीसम्मका विभिन्न मोटरसाइकल उपलब्ध छन्। नेपालमा उपलब्ध बेनेलीका उत्पादनहरुमा टीएनटी१५ आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती छ जसमा ट्रेनिर फ्रेम, अपसाइड डाउन फोर्कस् र इलेक्ट्रोनिक फिउल इन्जेक्सन छ।  

बेनेलीले केही महिनाअघि मात्र ९४ किलो तौल सहित थुप्रै सुविधाहरु रहेको पनेरा १२५ नेपालमा उपलब्ध गराएको छ। 

६ वर्षभन्दा बढी समयदेखि केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालि नेपालका लागि ११० वर्ष पुरानो इटालियन ब्रान्ड बेनेलीको आधिकारिक बिक्रेता रहेको छ। बेनेलीका मोटरसाइकल तथा स्कुटरको मूल्य २ लाख ५४ हजारदेखि २५ लाख १५ हजार रुपैयाँसम्म रहेको छ। 


प्रकाशित : मंगलबार, चैत ८ २०७८०८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend