शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुजुकी एभिनिस : नेपाली प्रिमियम स्कुटर बजारमा बन्न सक्छ रोलमोडल

मंगलबार, चैत ८ २०७८
सुजुकी एभिनिस : नेपाली प्रिमियम स्कुटर बजारमा बन्न सक्छ रोलमोडल

भारतीय बजारमा केही महिनाअघि सार्वजनिक भएको सुजुकी एभिनिसले आफ्नो सेगमेन्टमा अविश्वसनीय उपलब्धि हासिल गरिरहेको छ।

काठमाडौं- पछिल्लो समय दुईपांग्रे सवारी प्रयोगकर्ताहरुले मोटरसाइकल र स्कुटर समान रुपमै रोज्न थालेका छन्। विगतमा मोटरसाइकल पुरुषहरुले खरिद गर्ने र स्कुटर महिलाले खरिद गर्ने जस्तो खालको बुझाइ थियो। तर स्कुटरमा आएको बदलाव, समावेश भएको विशेषता, मोटरसाइकलमा जस्तै पावर, युनिसेक्स डिजाइनले स्कुटर धेरैको रोजाइमा पर्दै आएको छ।

यस्तैमा बजारमा दर्जनौं ब्रान्डका स्कुटर उपलब्ध रहेका छन्। त्यसमा पनि जापानीज ब्रान्डका प्रति उपभोक्ताको चासो धेरै हुने गरेको छ। नेपाली बजारमा उपलब्ध जापानीज ब्रान्ड मध्येको एक हो सुजुकी ब्रान्ड। विगत लामो समयदेखि सुजुकी ब्रान्डका स्कुटर तथा मोटरसाइकल बिक्री हुँदै आएको छ।

सुजुकीका मोटरसाइकल तथा स्कुटर नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। सुजुकीको जिक्सर धेरै रुचाइएको प्रिमियम सेगमेन्टको मोटरसाइकल हो भने स्कुटर प्रेमीका लागि सुजुकी बर्गम्यान स्कुटर पहिलो रोजाइ बन्ने गरेको छ।

suzuki-ave.jpg

स्कुटर बजार विस्तार भएसँगै विभिन्न ब्रान्डका अनेकन मोडलका स्कुटर नेपाली बजारमा उलब्ध रहेका छन्। अहिले स्कुटरलाई उत्पादक कम्पनीहरूले नै ‘युनिसेक्स’ सवारीका रुपमा ब्रन्डिङ गर्दै आएका छन्। त्यसैले पछिल्लो समय स्कुटर चढ्नेहरूको संख्या नेपालमा पनि बढ्दै गएको तथ्यांक छ।

नेपाली बजारमा हाल दुई दर्जनभन्दा बढी मोडलका स्कुटर उपलब्ध हुँदै आएको छ। सहरी यात्राका लागि स्कुटर उपयोगी हुने भएकाले पनि धेरैको रोजाइमा परेको हो। त्यस्तै चारपांग्रे सवारी हुनेले समेत एउटा स्कुटर खरिद गर्ने गरेकाले पनि स्कुटरको माग बढ्दै भएको व्यवसायीहरूको भनाइ छ।

विगतमा कुल बिक्री हुने दुईपांग्रे सवारीमा स्कुटरको हिस्सा निक्कै कम हुने गरेको थियो। अहिले स्कुटरको हिस्सा बढ्दै गएको छ ।

यसमा पनि प्रिमियम सेगमेन्टका स्कुटर खोज्ने उपभोक्ताको संख्या बढ्दै भएको छ। त्यसैलाई मध्यनजर गर्दै सुजुकीले समेत नयाँ मोडलको स्कुटर ल्याउने भएको छ। सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी सुजुकीले प्रिमियम स्कुटरको खोजीमा रहेकाको आवश्यकता पुरा गर्न १ सय २५ सीसी इन्जिन क्षमताको नयाँ स्कुटर एभिनिस सार्वजनिक गर्ने तयारी गरेको छ।

भारतीय बजारमा केही महिनाअघि सार्वजनिक भएको सुजुकी एभिनिसले आफ्नो सेगमेन्टमा अविश्वसनीय उपलब्धि हासिल गरिरहेको छ। नेपाली बजारमा समेत यही सेगमेन्टका स्कुटरको माग बढ्दै गएकाले धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ।


प्रकाशित : मंगलबार, चैत ८ २०७८०६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend