शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बैंकहरूको सेयर कर्जा १ खर्ब ५६ अर्ब नाघ्यो, करोडमाथि धितोकर्जाको वर्चस्व

शुक्रबार, चैत २० २०८२
बैंकहरूको सेयर कर्जा १ खर्ब ५६ अर्ब नाघ्यो, करोडमाथि धितोकर्जाको वर्चस्व

नेपाल राष्ट्र बैंक को पछिल्लो तथ्यांकअनुसार सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा एक खर्ब ५६ अर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्षको आठ महिनामा यस्तो कर्जा उल्लेख्य रूपमा बढ्दै गएको देखिएको हो।

काठमाडौं- नेपाल राष्ट्र बैंक को पछिल्लो तथ्यांकअनुसार सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा एक खर्ब ५६ अर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्षको आठ महिनामा यस्तो कर्जा उल्लेख्य रूपमा बढ्दै गएको देखिएको हो।

फागुन मसान्तसम्म बैंकहरूले कुल एक खर्ब ५६ अर्ब २७ करोड ९४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। गत असार मसान्तमा यस्तो कर्जा एक खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा मात्रै १५ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी कर्जा थपिएको छ, जुन ११.१ प्रतिशतको वृद्धि हो।

तथ्यांकअनुसार सेयर कर्जाको ठूलो हिस्सा भने ठूला लगानीकर्ताकै नियन्त्रणमा रहेको देखिन्छ। एक करोड रुपैयाँभन्दा माथिको कर्जा मात्रै एक खर्ब ९ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ पुगेको छ, जुन कुल कर्जाको ७० प्रतिशतभन्दा बढी हो। यस वर्गमा मात्रै आठ महिनामा १० अर्ब ७१ करोड ८८ लाख रुपैयाँ थपिएको छ।

यसले बजारमा उतारचढाव भइरहँदा पनि ठूला लगानीकर्ता तथा संस्थागत घरानाहरूले बैंक कर्जा लिएर सेयर लगानीलाई निरन्तरता दिएको संकेत गर्छ।

अर्कोतर्फ, साना लगानीकर्ताको पहुँच भने सीमित देखिएको छ। २५ लाख रुपैयाँभन्दा कम कर्जा लिने वर्गमा जम्मा ८ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ मात्र प्रवाह भएको छ, जसमा आठ महिनामा ७.१ प्रतिशतको मात्रै वृद्धि भएको छ।


प्रकाशित : शुक्रबार, चैत २० २०८२०७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend