शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

फागुनमा १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो, ८ महिनामा ३७.७ प्रतिशतले वृद्धि

बिहीबार , चैत १९ २०८२
फागुनमा १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो, ८ महिनामा ३७.७ प्रतिशतले वृद्धि

काठमाडौं- गएको फागुन महिनामा १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भइ १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो। 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भइ १० अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो।

आठ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २,७३,५३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,५१,९८५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,१७,०६८ र २,१७,४०३ रहेको थियो।


प्रकाशित : बिहीबार , चैत १९ २०८२१७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend