काठमाडौं- साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय २८ कम्पनीको २ करोड १३ लाख १८ हजार ९ सय २९ कित्ता सेयर १ लाख ३ हजार २ सय २५पटक किनबेच हुँदा १२ अर्ब ८१ करोड ९७ लाख २३ हजार ३ सय ३५ रुपैयाँको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.०८ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ प्रतिशतले घटेको छ भने फ्लोट इण्डेक्समा स्थिर छ।
रिलायन्स स्पिनिङ मिल्स, सूर्यकुण्ड हाइड्रोपावर र रिज लाइन इनर्जी को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका सबैभन्दा धेरै एसवाई प्यानल नेपाल कम्पनीको ३५ करोड ७० लाख १२ हजार रुपैयाँको कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक घटेकोे भने ७ उपसमूहको परिसूचक बढेको छ। आजको कारोबारमा सबैभन्दा धेरै व्यापार उपसमूहको परिसूचक २.५३ प्रतिशतले बढेको छ।
पहिलो कारोबारमा नेप्से परिसूचक ७१.०५ अंकले घटेको थियो भने दोस्रो कारोबारमा ४७ अंकले घटेको नेप्से तेस्रो कारोबारमा १९.७० अंकले बढेको थियाे। चौथो काराबार अर्थात हिजो ७४.७३ अंकले घटेको थियो। यो साताको पाँच कारोबारमा नेप्से परिसूचक १६८ अंकले घटेको छ।