शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा उपलब्ध हुने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १८ २०८२
बैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा उपलब्ध हुने

ब्रोकरहरूको संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो।

काठमाडाै‌ं- सेयर ब्रोकर हरूले लगानीकर्तालाई आगामी २०८३ बैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा उपलब्ध गराउने भएका छन्। 

ब्रोकरहरूको संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो।

नेपाल धितोपत्र बोर्ड  र नेपाल स्टक एक्सचेञ्जले जारी गरेको निर्देशिका तथा कार्यप्रक्रिया अनुसार दलाल व्यवसायीहरूले आफ्नै कार्यप्रक्रिया बनाउनुपर्ने व्यवस्था छ। सोही अनुसार तयार पारिएको प्रक्रियालाई आज चैत १७ गते सुन्धारामा बसेको एशोसिएसनको कार्यसमितिको बैठकले अनुमोदन गरेको छ।

एशोसिएसनका अनुसार मार्जिन कारोबारसँग सम्बन्धित सबै कानुनी प्रक्रिया पूरा भइसकेका छन्। केही प्राविधिक विषयहरू मिलाउन बाँकी रहेकाले नयाँ वर्ष २०८३ वैशाख २ गतेदेखि यो सुविधा सुरु गर्न लागिएको हो। मार्जिन कारोबारका लागि योग्य सबै ब्रोकरहरूबाट लगानीकर्ताले यो सुविधा पाउने एशोसिएसनले जनाएको छ।


प्रकाशित : बुधबार, चैत १८ २०८२१७:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend