शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्से परिसूचक ७४ अंकले घट्यो, १२ अर्ब १० करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १८ २०८२
नेप्से परिसूचक ७४ अंकले घट्यो, १२ अर्ब १० करोड रुपैयाँको कारोबार

पहिलो कारोबारमा नेप्से परिसूचक ७१.०५ अंकले घटेको थियो भने दोस्रो कारोबारमा ४७ अंकले घटेको नेप्से हिजो अर्थात तेस्रो कारोबारमा १९.७० अंकले बढेको थियो।

काठमाडौं- साताको चौथो कारोबार दिन आज बुधबार नेप्से परिसूचक ७४.७३ अंकले बढेर २७७६.३६ बिन्दुमा पुगेको छ।

पहिलो कारोबारमा नेप्से परिसूचक ७१.०५ अंकले घटेको थियो भने दोस्रो कारोबारमा ४७ अंकले घटेको नेप्से हिजो अर्थात तेस्रो कारोबारमा १९.७० अंकले बढेको थियो।  

पहिलो कारोबार र दास्रो कारोबारमा नेप्से परिसुचक लगभग १ सय १९ अंकले घटेको थियो भने आजको कारोबारमा ७४ अंकले घटेर यो साताको ४ कारोबार सम्ममा १ सय ४६ अंकले घटेको छ।  

आजको कारोबारमा ३ सय ४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार ४ सय ४५ कित्ता सेयर १ लाख २३ हजार ७ सय ३० पटक किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५ सय ६१ रुपैयाँको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स २.३१ प्रतिशत, फ्लोट इण्डेक्समा २.६२ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४२ प्रतिशतले घटेको छ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावरको  सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।                         

कारोबार रकमका सबैभन्दा धेरै हिमालयन रि इन्स्योरेन्स कम्पनीको ७१ करोड ३१ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक घटेकोे छ। सबैभन्दा धेरै अन्य क्षेत्रको परिसूचक ५.२६ प्रतिशतले घटेको छ।त्यसैगरि बैंकिङ २.३१, उत्पादन तथा प्रशोधन क्षेत्रको परिसूचक ०.३९ प्रतिशत, विकास बैंक ३.१८ फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२, व्यापार ३.९६ प्रतिशतले घटेको छ।

 

 


प्रकाशित : बुधबार, चैत १८ २०८२१५:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend