शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्सेले सार्वजनिक गर्‍याे मार्जिन कारोबार योग्य १ सय २३ कम्पनी

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १८ २०८२
नेप्सेले सार्वजनिक गर्‍याे मार्जिन कारोबार योग्य १ सय २३ कम्पनी

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ को परिच्छेद ३ मा उल्लेखित मापदण्डहरू पूरा गरेका १२३ वटा कम्पनीहरूलाई नेप्सेले  छनोट गरेको हो।

काठमाडौ‌ं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार सुविधाका लागि योग्य सूचीकृत कम्पनीहरूको नयाँ नामावली सार्वजनिक गरेको छ। 

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ को परिच्छेद ३ मा उल्लेखित मापदण्डहरू पूरा गरेका १२३ वटा कम्पनीहरूलाई नेप्सेले  छनोट गरेको हो।

कार्यप्रक्रियाको दफा ९(१) को व्यवस्था अनुसार सार्वजनिक गरिएको यस सूचीसँगै अब लगानीकर्ताहरूले यी तोकिएका कम्पनीहरूको सेयर धितो राखेर मार्जिन कारोबार सुविधा उपभोग गर्न पाउने बाटो खुलेको छ।

योग्य ठहरिएका कम्पनीहरूमध्ये वाणिज्य बैंक समूहबाट १९ वटा, विकास बैंकबाट ११ वटा र वित्त कम्पनी समूहबाट ११ वटा सूचीकृत भएका छन्।

 त्यसैगरी, १७ वटा लघुवित्त, १२ वटा जीवन बीमा र ११ वटा निर्जीवन बीमा कम्पनीहरू पनि रहेका छन्। यी बाहेक अन्य विभिन्न क्षेत्रका ४२ वटा कम्पनीहरूलाई पनि नेप्सेले मार्जिन कारोबारका लागि उपयुक्त ठहर्‍याएको छ। 

यो व्यवस्थाले पुँजी बजारमा लगानीकर्ताको क्रयशक्ति बढाउन र बजारमा तरलता थप गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

nepse 1.PNG
nepse22.PNG
nepse 2.PNG


प्रकाशित : बुधबार, चैत १८ २०८२१३:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend