काठमाडौं- लगातार २ दिन देखि घटेकाे सेयर बजार परिसूचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार १९.७० अंकले बढेर २८५१.०९ बिन्दुमा पुगेको छ।
पहिलो कारोबारमा नेप्से परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ बिन्दुमा पुगेको थियो। भने दोस्रो कारोबारमा ४७ अंकले घटेको थियो।
पहिलो कारोबार र दाेस्रो कारोबारमा नेप्से परिसुचक लगभग १ सय १९ अंकले घटेको थियो।
आजको कारोबारमा ३ सय ३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७ सय ७९ कित्ता सेयर १ लाख ३७ हजार ८ सय ८५ पटक किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८ सय ६ रुपैयाँको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.६७ प्रतिशत, फ्लोट इण्डेक्समा ०.६४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ प्रतिशतले घटेको छ।
रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन र सुपर खुदी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका सबैभन्दा धेरै रिडी हाईड्रो पावर कम्पनीको ४८ करोड ४८ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक घटेकोे छ भने ११ परिसूचको बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रको परिसूचक १.९४ प्रतिशतले बढेकाे छ।
त्यस्तै, बैंकिङ ०.७६, विकास बैंक ०.९० फाइनान्स १.१२, होटल तथा पर्यटन १, हाइड्रोपावर ०.७५, लगानी ०.५६ जीवन बीमा ०.५२, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.७६, व्यापार ०.७४ प्रतिशतले बढेको छ। अन्य २.१३ प्रतिशत र म्युचुअल फण्ड ०.०७ प्रतिशतले घटेको छ।