शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्से परिसूचक ४७ अंकले घट्यो, १२ अर्ब ९६ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १६ २०८२
नेप्से परिसूचक ४७ अंकले घट्यो, १२ अर्ब ९६ करोड रुपैयाँको कारोबार

हिजो पहिलो कारोबारमा नेप्से परिसूचक ७१‍.०५ अंकले घटेर २८७९.११ बिन्दुमा पुगेको थियो। हिजो र आजको कारोबारमा नेप्से परिसुचक लगभग १ सय १६ अंकले घटेको छ।

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ बिन्दुमा पुगेको छ।

हिजो पहिलो कारोबारमा नेप्से परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ बिन्दुमा पुगेको थियो। हिजो र आजको कारोबारमा नेप्से परिसुचक लगभग १ सय १९ अंकले घटेको छ।  

आजको कारोबारमा ३ सय ४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार ७ सय १७ कित्ता सेयर १ लाख ५९ हजार ३ सय २८ पटक किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १ सय १७ रुपैयाँको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स १.६१ प्रतिशत, फ्लोट इण्डेक्समा १.६२ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ प्रतिशतले घटेको छ।
रिलायन्स स्पिनिङ मिल्स, भुजुङ् हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिडी हाईड्रो पावर कम्पनीको ६८ करोड ४१ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ। 

१३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक घटेको छ। व्यापार सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ।फाइनान्स २ प्रतिशत, त्यस्तै बैंकिङ १.८६, विकास बैंक १.२४, होटल तथा पर्यटन १.१८, हाइड्रोपावर १.९३, लगानी १.५९ जीवन बीमा १.४०, उत्पादन तथा प्रशोधन ०.३०, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.८२, अन्य २.१३ प्रतिशत घटेको छ।

गएको साता समग्रमा ७३ अंकले बढेको सेयर बजारमा यो साता पहिलो कारोबारदेखि नै घटेको छ।, नेपाल सरकार मन्त्रीपरिषद्  २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरुको बुँदा नम्बर ४५ मा भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउन नेपाल राष्ट्र बैंकले १०० दिन भित्र बैंक खाता, डिजिटल वालेट, सेयर लगानी तथा अन्य वित्तीय गतिबिधिहरुलाई समेट्ने समन्वित डिजिटल सम्पत्ति लगत  स्थापना गर्ने, सोमा जोखिममा आधारित संकेत  प्रणाली लागु गर्ने तथा संदेहास्पद कारोबारहरूको स्वचालित पहिचान गरी सम्बन्धित निकाय मार्फत अनुसन्धान प्रक्रिया अघि बढाउने उल्लेख छ। जुन बुँदाले सेयर बजारका लगानीकर्ताहरू समेतलाइ  प्रभाव पारेकाे छ। जसले गर्दा आज पनि सेयर बजार प्रभावित भयो।   


प्रकाशित : सोमबार, चैत १६ २०८२१५:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend