शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

रिलायन्स स्पिनिङ मिल्सको सेयरमा २० दिनदेखि लगातार सर्किट, प्रतिकित्ता ११ सय ९३ रुपैयाँ बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १२ २०८२
रिलायन्स स्पिनिङ मिल्सको सेयरमा २० दिनदेखि लगातार सर्किट, प्रतिकित्ता ११ सय ९३ रुपैयाँ बढ्यो

फागुन ४ गतेदेखि निरन्तर २० दिन दोस्रो बजारमा कारोबार सुरु भएको यस कम्पनीको सेयर मूल्य पछिल्लो १९ दिनदेखि लगातार सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। फागुन २५ गते भने कम्पनीको सेयर मूल्य प्रतिकिक्ता १० रुपैयाँले घटेको थियो।

काठमाडौंं‌- तीन दशक लामो व्यावसायिक विरासत बोकेको रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा दोस्रो बजारमा उत्साह देखिएको छ। 

फागुन ४ गतेदेखि निरन्तर २१ दिनसम्म दोस्रो बजारमा कारोबार गरेकाे यस कम्पनीको सेयर मूल्य पछिल्लो २० दिनदेखि लगातार सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। फागुन २५ गते भने कम्पनीको सेयर मूल्य प्रतिकिक्ता १० रुपैयाँले घटेको थियो।

सुरुवाती चरणमा केही अन्योल देखिए पनि पछिल्लो समय कम्पनीको अवस्था बलियो देखिएको छ। कम्पनीले पुस ७ गते सर्वसाधारणका लागि प्रतिसेयर ८ सय २० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७ सय ६८ कित्ता आईपीओ निष्कासन गरेको थियो। यस कम्पनीको पहिलो कारोबार ३०० रुपैयाँको रेन्जबाट सुरु भएको थियो। 

कारोबारको सुरु दिन फागुन ४ गते कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य ३ सय ३० रुपैयाँ, दोस्रो कारोबारमा ३ सय ६१ रुपैयाँ हुँदै चैत १२ गतेको कारोबारसम्म आइपुग्दा सेयर मूल्य प्रतिकित्ता २ हजार १३ रुपैयाँ पुग्नुले लगानीकर्तामा सकारात्मक प्रभाव परेको देखिन्छ।

नेपालको सबैभन्दा ठूलो धागो उत्पादक र रोजगारदाता उद्योगका रूपमा स्थापित रिलायन्सले आफ्नो कुल उत्पादनको झन्डै ७० देखि ७५ प्रतिशत हिस्सा भारत, टर्की, भियतनाम र बेलायत जस्ता मुलुकमा निर्यात गर्दै आएको छ।

वार्षिक ५ करोड अमेरिकी डलरबराबरको निर्यात गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको उद्योगका मुख्य प्रवर्द्धकहरूमा प्रतिष्ठित उद्यमी पवनकुमार गोल्याण,अक्षय गोल्याण र शशिकान्त अग्रवाल रहेका छन्। 


प्रकाशित : बिहीबार , चैत १२ २०८२१७:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend