शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि

आइतबार, चैत ६ २०७८
कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि

काठमाडौं- हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन्। गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबलफोर्ड अंकका साथ उपाधि जितेका हुन्। 

११ ह्यान्डी क्याप खेलेका कृष्ण र बाबु पौडेलको समान ४३ अंक भए पनि काउन्ट ब्याकमा कृष्ण विजयी भएका हुन्। काउन्ट ब्याकमा कृष्णले २१ अंक जोडेका थिए भने बाबुले २० अंक जोडेका थिए। बाबु प्रतियोगिताको उपविजेता बनेका हुन्।

नेपाल पुलिसका एसएसपी अशोक सिंहले तेस्रो स्थान हासिल गरे। अशोकले ४२ अंक जोडेका थिए। बेस्ट ग्रसमा टासी दोङ, टासी छिरिङ र वाङचेन धोन्डुपले समान ३६ अंक जोडे। काउन्ट ब्याकमा टासी दोङले बेस्ट ग्रसको उपाधि जिते। काउन्ट ब्याकमा दोङले १९ अंक जोडेका थिए भने छिरिङ र धोन्डुपले समान १७ अंक जोडेका थिए।

मेजर जनरल नरेन्द्र रावलले ६० वर्षमाथि उमेर समूहको उपाधि जिते। उनले ३९ अंक जोडेका थिए। दोस्रो स्थानमा रहेका भैरवराज पाण्डेले ३८ अंक जोडेका थिए। महिलातर्फको उपाधि भने प्रतिभा राईले जितिन्। राईले ३८ अंक जोडेकी थिइन्। दोस्रो स्थानमा हासिल गर्न सफल कश्मिरा शाहले ३७ अंक जोडिन्। हुन्डाई कार वनर्स स्पर्धामा श्याम सिमखडाले ३७ अंक जोड्दै उपाधि जिते। वाङचेन धोन्डुपले क्लोजेस्ट टु दी पिनको उपाधि जितेका थिए।

त्यस्तै, लङ्गेस्ट ड्राइभको उपाधि दावा जे शेर्पाले जिते। क्याप्टेन नोर्बु शेर्पाले मोस्ट बर्डिजको उपाधि जितेका हुन्। शेर्पाले सबभन्दा धेरै ५ बर्डिज खेलेका थिए। हुन्डाई करको नेपालमा आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको प्रतियोगिता दुई दिनसम्म चलेको थियो।

प्रतियोगिता १८ होलमा खेलाइएको थियो। १५५ गल्फरले स्टेबल फोर्ड फरम्याट र ३ बाई ४ ह्यान्डी क्यापमा खेलेका थिए। 


प्रकाशित : आइतबार, चैत ६ २०७८१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend