शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन १ खर्ब २७ अर्ब रुपैयाँ पुग्याे, कुनकाे कति?

बिहीबार , चैत १२ २०८२
जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन १ खर्ब २७ अर्ब रुपैयाँ पुग्याे, कुनकाे कति?

फागुन मसान्तसम्मको तथ्यांकअनुसार नेपाल लाइफको सर्वाधिक बीमा शुल्क संकलन गरेको छ। कम्पनीको ३२ अर्ब ९७ करोड रुपैयाँबराबरको कारोबार गरेको छ।

काठमाडाैं- नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरू र तीनवटा लघु बीमा कम्पनीले फागुन मसान्तसम्ममा १ खर्ब २७ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्।

जसमध्ये ३१ अर्ब ५ करोड ४० लाख प्रथम बीमा शुल्क र ९६ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ नवीकरण शुल्क रहेको छ।

प्राधिकरणको फागुन मसान्तसम्मको तथ्यांकअनुसार नेपाल लाइफको सर्वाधिक बीमा शुल्क संकलन गरेको छ। कम्पनीको ३२ अर्ब ९७ करोड रुपैयाँबराबरको कारोबार गरेको छ।

त्यसैगरी दोस्रोमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिमा १५ अर्बको बीमा शुल्क संकलन गरेको छ। तेस्रोमा एलआईसी नेपाल रहेको छ। यो जीवन बीमा कम्पनीले १३ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

त्यस्तै हिमालयन लाइफले ११ अर्ब ७१ करोड रुपैयाँँ, राष्ट्रिय जीवन बीमा कम्पनीको ८ अर्ब ७४ करोड रुपैयाँ, सूर्यज्योति लाइफको ७ अर्ब ४३ करोड रुपैयाँ, एशियन लाइफको ६ अर्ब ३८ करोड रुपैयाँ र सिटिजन लाइफको ५ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ।

सानिमा रिलायन्स लाइफको ४ अर्ब ७६ करोड रुपैयाँ, आइएमई लाइफले ४ अर्ब २८ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब २५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ९० करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६६ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन्।

त्यसैगरी लघुबीमातर्फ गार्डियन माईक्रो लाइफ इन्स्योरेन्सले २५ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। क्रेष्ट माइक्रो लाइफले २५ करोड ८८ लाख र लिवर्टी माइक्रो लाइफले २० करोड ५९ लाख बीमा शुल्क संकलन गरेको छ।

वैदेशिक रोजगार म्यादी जीवन बीमातर्फ २ अर्ब २४ करोड १३ लाख बराबरको बीमा शुल्क संकलन भएको छ। जीवन बीमा कम्पनीले जारी गरेको लघु बीमातर्फ २ अर्ब १६ करोड २ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

life insurance business.PNG


प्रकाशित : बिहीबार , चैत १२ २०८२०७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend