काठमाडाैं- साताको चौथो कारोबार दिन आज बुधबार नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय ४५ कम्पनीको ३ करोड ५८ लाख १९ हजार ८ सय २९ कित्ता सेयर १ लाख ३८ हजार २ सय ५६ पटक किनबेच हुँदा १५ अर्ब ९ करोड ४१ लाख ६८ हजार ८ सय ४६ रुपैयाँको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स १.२९ फ्लोट इण्डेक्स १.२० प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३० प्रतिशतले घटेको छ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप कम्पनीकाे ५२ करोड ४७ लाख ४७ हजार,अपी पावर कम्पनीको ५१ करोड ९६ लाख ७४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४५ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक २.३२ प्रतिशतले घटेको छ।
गएको साता समग्रमा ५६.५६ अंकले बढेको सेयर बजारमा यो साता पहिलो कारोबारदेखि नै उछाल आएको छ। नयाँ सरकार आउने तयारी भइरहँदा पुँजी बजारमा लगानीकर्ताहरू विश्वस्त देखिन थालेका छन्।