काठमाडाैं- सुपर खुदी हाइड्रोपावरको स्पेशल प्रि ओसन सेसनमा सेयरकाे पहिलो कारोबार भएको छ।
कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।
कम्पनीको सेयर हिजो मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ३१ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड २४ लाख कित्ता सेयर गरी कुल १ करोड ५५ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज प्रदान गरेको थियो। सोही रेन्ज आधारमा यस दिनको स्पेशल प्रि- ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।