शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुपर खुदी हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ११ २०८२
सुपर खुदी हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत

हिजो मंगलबार यो कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

काठमाडौं- सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  सूचीकृत भएको छ। 

हिजो मंगलबार यो कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। सेयर सूचीकृत भएपछि बुधबार आज कम्पनीको सेयर कारोबार सुरु हुनेछ।

कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख ८६ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो। 

 


प्रकाशित : बुधबार, चैत ११ २०८२१०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend