काठमाडाैं- नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरू र ४ वटा लघु बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल ३२ अर्ब ५२ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्।
बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ।
त्यस्तै दोस्रोमा रहेकाे सगरमाथा लुम्बिनी इन्स्योरेन्स ३ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २० करोड रुपैयाँ आर्जन बीमा शुल्क संकलन गरेकाे छ।
व्यवसाय विस्तारका क्रममा सिद्धार्थ प्रिमियमले २ अर्ब ७९ करोड, आइजीआई प्रुडेन्सियलले २ अर्ब ६८ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड र नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्।
त्यसैगरी युनाइटेड अजोडले १ अर्ब ९६ करोड, दि ओरियन्टलले १ अर्ब ९४ करोड, सानिमा जिआईसीले १ अर्ब ७८ करोड र नेपाल इन्स्योरेन्सले १ अर्ब ४९ करोड रुपैयाँको व्यवसाय गरेका छन्।
प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड र राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ संकलन गर्दा नेशनल इन्स्योरेन्स भने ८६ करोड रुपैयाँको बीमा शुल्कसहित सबैभन्दा कम व्यवसाय गर्ने कम्पनी बनेको छ। निर्जीवन बीमा कम्पनीहरूले जारी बीमालेख संख्या २१ लाख ६८ हजार भन्दा धेरै छ।
त्यसैगरी लघु बीमातर्फ ८२ करोड ५८ लाख ७६ हजार बराबरको बीमा शुल्क संकलन भएको छ। जसमा नेपाल माइक्रो इन्स्योरेन्सले २१ करोड ५० लाख ६७ हजार, प्रोटेन्टिभ माइक्रोले २२ करोड ८० लाख ९६ हजार,स्टार माइक्रो इन्स्योरेन्सले १८ करोड ४० लाख ३९ हजार र ट्रस्ट माइक्रोले १९ करोड ८६ लाख ७४ हजार बीमा शुल्क संकलन गरेको छ।