शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ओला इलेक्ट्रिक स्कुटर, हरेक सेकेन्ड दुईवटा बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १ २०७८
ओला इलेक्ट्रिक स्कुटर, हरेक सेकेन्ड दुईवटा बिक्री

कम्पनीका सीईओ भाविष अग्रवालले सार्वजनिक गरेयता ओलाले हरेक सेकेन्ड दुईवटा इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको बताएका छन्। ओला सार्वजनिक भएको पहिलो १२ घण्टामा ८० हजार वटा बिक्री भएको थियो। 

काठमाडौं- ओलाले उत्पादन गरेके इलेक्ट्रिक स्कुटर भारतीय बजारमा बिक्री सुरु भएको छ। कम्पनीले उत्पादन गरेको ओला एसवान र एसवाप्रो सार्वजनिक भएको पहिलो दिन उल्लेख्य बिक्री भएको छ। 

कम्पनीका सीईओ भाविष अग्रवालले सार्वजनिक गरेयता ओलाले हरेक सेकेन्ड दुईवटा इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको बताएका छन्। ओला सार्वजनिक भएको पहिलो १२ घण्टामा ८० हजार वटा बिक्री भएको थियो। 

ओलाले सार्वजनिक गरेको इलेक्ट्रिक स्कुटर एसवान र एसवान प्रोमा ८.५ किलोवाट इलेक्ट्रिक मोटर जडान गरिएको छ। ओला एसवान वेस मोडलको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा र एसवा प्रोको टप स्पीड १ सय १५ किलोमिटर प्रतिघण्टा रहेको छ। 

त्यस्तै ओला एसवानमा प्रयोग भएको व्याट्रीले १ सय २१ किलोमिटर र एसवान प्रोले १ सय ८१ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। 

ओलाले हरेक वर्ष २० लाख स्कुटर उत्पादन गर्ने जनाएको छ। त्यस्तै कम्पनीले २०२२ को सुरुवातमै अमेरिकामा स्कुटर निर्यातको योजना बनाएको छ। 

त्यस्तै ओलाले केही दिन अघि चेन्नइमा स्थापना हुने प्लान्टमा १० हजार महिलालाई रोजगारी दिने घोषणा गरेको थियो। 


प्रकाशित : शुक्रबार, असोज १ २०७८०७:१४
  • सम्बन्धित विषय:

  • # ओला
  • # ओला इलेक्ट्रिक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend