शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कालंगा हाइड्रोकाे आईपीओ निष्कासन तथा बिक्री खुला

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १० २०८२
कालंगा हाइड्रोकाे आईपीओ निष्कासन तथा बिक्री खुला

कम्पनीले आफ्नो १ अर्ब ४० करोड रुपैयाँ जारी पुँजीको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको कुल ४९ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि सेयर खुला गरेको हो।

काठमाडौं- कालंगा हाइड्रो लिमिटेडले आज चैत १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। 

कम्पनीले आफ्नो १ अर्ब ४० करोड रुपैयाँ जारी पुँजीको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको कुल ४९ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि सेयर खुला गरेको हो।

कुल निष्कासनमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १४ लाख कित्ता छुट्याइएको छ। यस अन्तर्गत ९ लाख १० हजार कित्ता सेयर बझाङको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर वडा नं. ६ र ८, बुंगल नगरपालिका वडा नं. ३, ४, ६, ८ र ५, बैतडीको डिलासैनी (वडा नं. १ र २) तथा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. १ का अति प्रभावित बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ। बाँकी ४ लाख ९० हजार कित्ता भने यी गाउँपालिका र नगरपालिकाका अन्य वडाहरूका बासिन्दाका लागि सुरक्षित गरिएको छ।

यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने  छन्। स्थानीयका लागि निष्कासन छिटोमा चैत २४ गते र ढिलोमा २०८३ वैशाख ९ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छिटोमा चैत १५ र ढिलोमा चैत २४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ।

केयर रेटिङ नेपालले यो निष्कासनलाई 'केयरएनपी डबल बी' रेटिङ दिएको छ। जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको यस आईपीओका लागि स्थानीयले तोकिएका बैंकका शाखा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्यूँ १ शाखा, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका १०, बझाङ्ग, गोकुलेश्वर, शैल्यशिवर ९, दार्चुला शाखा, कुमारी बैंकको छबिसपाथिभारा गाउँपालिका, बझङ्ग र डिलासिनी गाउँपालिका, बैतडि शाखा तथा कृषि विकास बैंकको बुंगल नगरपालिका ४, बझाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। आयोजना कार्यालयबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाहरूले 'मेरो सेयर' मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।


प्रकाशित : मंगलबार, चैत १० २०८२१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend