शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सेयर बजारमा यी हुन् आज कारोबार भएका १० उत्कृष्ट कम्पनी, कुनको कति कारोबार?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ९ २०८२
सेयर बजारमा यी हुन् आज कारोबार भएका १० उत्कृष्ट कम्पनी, कुनको कति कारोबार?

नेप्से परिसूचक ५ अंकले वृद्धि भएसँगै बजारमा लगानीकर्ताको मनोबल उच्च देखिएको छ। जसका कारण आज कुल १५ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकमको सेयर कारोबार भएको छ।

काठमाडौं- यो साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्सेमा उत्साहजनक माहोल देखिएको छ। बजारमा आएको यो सकारात्मक सुधारसँगै समग्र बजार पुँजीकरण १६ खर्ब ९८ अर्ब ८१ करोड ३८ लाख ४२ हजार रुपैयाँभन्दा माथि पुगेको छ।

सबैभन्दा धेरै लगानीकर्ता झुम्मिएका १० कम्पनीहरुमा कुमारी बैंकमा लगानीकर्ताको आकर्षण  बढी देखिएको छ। यस बैंकको सर्वाधिक ६७ करोड २३ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर खरिद-बिक्री भएको छ।

यसैगरी उत्पादनमूलक क्षेत्रको शिबम सिमेन्टले पनि ६० करोड ६४ लाख ८६ हजार रुपैयाँको कारोबार गरेको छ।

जलविद्युत र पूर्वाधार क्षेत्रमा पनि लगानीकर्ताहरुको निकै उत्साह देखिएको छ। नेशनल हाईड्रोपावर कम्पनीको ५७ करोड ४८ लाख २९ हजार रुपैयाँको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ५४ करोड ९८ लाख २१ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। 

त्यस्तै ङादी ग्रुप पावर लिमिटेडले ५४ करोड ३३ लाख ८२ हजार र आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले ४० करोड ४९ लाख ६४ हजार रुपैयाँको कारोबार गरेका छन्।

अन्य सक्रिय कम्पनीहरुमा युनियन हाइड्रोपावर लिमिटेडको २९ करोड ७२ लाख ७७ हजार र सानिमा माई हाइड्रोपावर लिमिटेडको २९ करोड ६६ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

विकास बैंकतर्फ सालपा विकास बैंकको २९ करोड ५२ लाख ८६ हजार र जलविद्युत क्षेत्रकै अर्को कम्पनी हिमालयन पावर पार्टनर लिमिटेडको २९ करोड ३२ लाख २१ हजार रुपैयाँको सेयर कारोबार गरेको छ।

top 10.PNG

 


प्रकाशित : सोमबार, चैत ९ २०८२१७:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend