शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

उतारचढावबीच हरियोमै बन्द भयो नेप्से, १५ अर्ब ७८ करोड रुपैयाँको कारोबार

सोमबार, चैत ९ २०८२
उतारचढावबीच हरियोमै बन्द भयो नेप्से, १५ अर्ब ७८ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ४२ कम्पनीको ३ करोड ८ लाख ७३ हजार ९ सय ४५ कित्ता सेयर १ लाख ५६ हजार ३ सय ८१ पटक किनबेच हुँदा १५ अर्ब ७८ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसूचक उतारचढावबीच ५.०१ अंकले बढेर २९३६.५६ बिन्दुमा पुगेको छ। 

साताको पहिलो कारोबारमा आइतबार ५४.५१ अंकले बढेर बजार आज सोमबार पनि हरियोतिरै लागेको हो। आजको कारोबारमा ३ सय ४२ कम्पनीको ३ करोड ८ लाख ७३ हजार ९ सय ४५ कित्ता सेयर १ लाख ५६ हजार ३ सय ८१ पटक किनबेच हुँदा १५ अर्ब ७८ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ।

सेन्सेटिभ इण्डेक्स ०.०५ प्रतिशतले घटेको छ भने फ्लोट इण्डेक्स ०.१३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ प्रतिशतले बढेको छ।

सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, भुजुङ् हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।                         

कारोबार रकमका आधारमा सबैभन्दा धेरै कुमारी बैंकको ६७ करोड २३ लाख ७८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशत बढेको छ।

गएको साता समग्रमा ५६.५६ अंकले बढेको सेयर बजारमा यो साता पहिलो कारोबारमा नै उछाल आएको छ। नयाँ सरकार आउने तयारी भइरहँदा पुँजी बजारमा लगानीकर्ताहरू विश्वस्त देखिन थालेका छन्।


प्रकाशित : सोमबार, चैत ९ २०८२१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend