शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रममा बचतबारे सिक्दै विद्यार्थी

शनिबार, चैत ७ २०८२
नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रममा बचतबारे सिक्दै विद्यार्थी

सोही अन्तर्गत कोशी प्रदेशका विभिन्न स्थानमा कार्यक्रम संचालन भइरहेको छ। कार्यक्रममा विद्यार्थीहरुलाई विशेष गरी बचत, लगानीको महत्वो, डिजिटल कारोबार गर्दा ध्यान दिनु पर्ने लगायतका विषयमा जानकारी दिइएको थियो।

काठमाडौं- नबिल बैंकले ग्लोबल मनी विक अन्तर्गत सात वटै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेको छ। सोही अन्तर्गत कोशी प्रदेशका विभिन्न स्थानमा कार्यक्रम संचालन भइरहेको छ। कार्यक्रममा विद्यार्थीहरुलाई विशेष गरी बचत, लगानीको महत्वो, डिजिटल कारोबार गर्दा ध्यान दिनु पर्ने लगायतका विषयमा जानकारी दिइएको थियो। 

‘बचत गर्ने बानी बसाल्नु पर्छ भन्ने कुरा एकदम राम्री बुझाउनु भयो,’ वित्तिय साक्षरता कार्यक्रममा आफूले सिकेको कुरा सुनाउँदै विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनर छात्रा चन्दा शाह भनिन्। ‘यसरी बचत गरेको पैसा लगानी गर्न पर्छ भन्ने कुरा पनि सिके।’
घरका सदस्यलाई पनि आर्थिक कारोबार बैंक मार्फत गर्न सुझाव दिने उनले बताइन्। 

ग्लोबल मनी विक मुलत किशोर किशोरी तथा युवा युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा मनाउने अभियान हो। यस वर्षको ग्लोबल मनी विकको मुख्य नारा ‘स्मार्ट मनी टक्स’ रहेको छ। यसैलाई आत्मसाथ गर्दै बैंकले चैत २ देखि ८ गतेसम्म विभिन्न शाखा कार्यालयबाट सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।

विद्यार्थी तथा युवा लक्षित वित्तिय साक्षरता अभियान कार्यक्रममा बैंकका प्रतिनिधिहरुले उनीहरुले बुझ्ने गर्नी बचत गर्ने बानी बसाल्नु पर्छ भनेर सिकाए। यस्तै बैंकि खाता कसरी खोल्न त्यसका लागि कस्ता कागजपत्र चाहिन्छ भन्ने पनि बुझाए। कार्यक्रममा विद्यार्थीहरुले उत्साहाका साथ सहभागि भए। कार्यक्रम निकै प्रभावकारी भएको जनता आदर्श मल्टिपल क्याम्पसका शिक्षक महेश निरौलाले बताए। ‘विद्यार्थीले व्यहारीक ज्ञान पाए। डिजिटल बैंकिले जीवन सहज बनाएको छ। विद्यार्थीहरुले यो अपनाउँदा के-के कुरामा सजग हुनुपर्छ भन्ने सिके।’

नबिल बैंकले ग्लोबल मनी विक अभियान मार्फत देशभर रहेका करिब १ सय ९० विद्यालय मार्फत १५ हजार बढी विद्यार्थीहरुलाई वित्तिय शिक्षाबारे जागरण गर्ने योजना बनाएको छ।


प्रकाशित : शनिबार, चैत ७ २०८२१७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend