शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

यी हुन् तीन सय रुपैयाँभन्दा कममा किन्न सकिने १२ वाणिज्य बैंकका सेयर

शुक्रबार, चैत ६ २०८२
यी हुन् तीन सय रुपैयाँभन्दा कममा किन्न सकिने १२ वाणिज्य बैंकका सेयर

साताको अन्तिम कारोबार बिहीबार दिन ६० अंक माथिले बढेको बजारमा सेयर कारोबार बन्द हुँदा दोस्रो बजारमा कारोबार हुने १९ वटा वाणिज्य बैंकमध्ये १२ वटाको सेयर मूल्य ३०० रुपैयाँभन्दा तल रहेको हो।

काठमाडौं- सेयर बजारमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये १२ वटाको सेयर मूल्य तीन सय रुपैयाँभन्दा कम रहेको छ। साताको अन्तिम कारोबारमा बिहीबार ६४.६७ अंकले बजारमा बढ्दा १९ वटा वाणिज्य बैंकमध्ये १२ वटाको सेयर मूल्य तीन सय रुपैयाँभन्दा तल नै छ।

नेप्सेमा सूचीकृत भएका वाणिज्य बैंकहरुमध्ये दोस्रो बजारमा सबैभन्दा धेरै सेयर मूल्य एभरेष्ट बैंकको रहेको छ भने सबैभन्दा कम एनआईएमबी बैंकको रहेको छ। बिहीबार कारोबार बन्द हुँदा एभरेष्ट बैंकको बैंकको सेयर मूल्य प्रतिकित्ता ७ सय १४ रुपैयाँ छ भने एनआईएमबी बैंकको सेयर मूल्य २ सय २३ रुपैयाँ रहेको छ।

कारोबारमा आएका अन्य ३ सय रुपैयाँभन्दा कम मूल्यका वाणिज्य बैंकका अन्तिम कारोबार रकममा ग्लोबल आईएमई बैंकको सेयर मूल्य २ सय ४९ रुपैयाँ, कुमारी बैंकको २ सय ३२, लक्ष्मी सनराइज बैंकको २ सय ३१, प्रभू बैंकको २ सय २३, हिमालयन बैंकको २ सय २५, प्राइम बैैंकको २ सय ६०, एनएमबी बैंकको २ सय ६० रुपैयाँ ९० पैसा, नेपाल बैंकको २ सय ७४ रुपैयाँ ७ पैसा,सिटिजन्स् बैंकको २ सय २७ रुपैयाँ, त्यसैगरि माछापुच्छ्रे बैंकको २ सय ६६ रुपैयाँ रहेको छ।

वाणिज्य बैंकहरुको वित्तीय विवरण र प्रतिफल क्षमताका आधारमा यो मूल्यलाई न्यून मानिएको छ, जसले गर्दा दीर्घकालीन लगानीकर्ताका लागि यी बैंकका सेयरहरु उपयुक्त छनोट हुन सक्ने देखिएको छ।

त्यसैगरी तीन सय रुपैयाँभन्दा माथि मूल्य रहेका बैंकका सेयरहरुमा नबिल बैंकको ५ सय ३५ रुपैयाँ छ। त्यस्तै एनआईसी एसिया बैंकको ३ सय ६६ रुपैयाँ, कृषि विकास बैंकको ३ सय २६ रुययाँ, सानीमा विकास बैंकको ३ सय ५७ रुपैयाँ, नेपाल एसबीआई बैंकको ४ सय २५ रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६ सय ६७ रुपैयाँ, सिद्धार्थ बैंकको ४ सय ७ रुपैयाँ छ।


प्रकाशित : शुक्रबार, चैत ६ २०८२०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend