काठमाडाैं- युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आगामी चैत २६ गतेदेखि हाल कायम चुक्ता पुँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
इन्स्योरेन्सले १०० कित्ता सेयर बराबर १० कित्ताको अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो।
सेयर निष्कासनबाट कम्पनीले २३ करोड १० लाख रुपैयाँबराबरको पुँजी संकलन गर्ने लक्ष्य राखेको छ।
उक्त हकप्रद सेयरमा आवेदन दिनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरिसकेको छ। यसको अर्थ फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र यस हकप्रदका लागि योग्य हुनेछन्।
योग्य लगानीकर्ताहरूले २०८३ बैशाख १६ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था छ। इक्रा नेपालले यो निष्कासनलाई इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम स्तरमा सुरक्षित रहेको संकेत गर्दछ।
यस निष्कासनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक सेयरधनीहरूले बिक्री प्रबन्धकको कार्यालय, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा वा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्।
साथ मेरो सेयर अनलाइन सफ्टवेयरमार्फत पनि सहजै आवेदन दिन सकिनेछ। हाल २ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको हकप्रद बाँडफाँटपश्चात चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।