शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्से परिसूचक १३ अंकले बढ्यो, १२ अर्ब ३ करोड रुपैयाँकाे कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ३ २०८२
नेप्से परिसूचक १३ अंकले बढ्यो, १२ अर्ब ३ करोड रुपैयाँकाे कारोबार

आज ३ सय ४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७ सय ६० कित्ता सेयर खरिद-बिक्री हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक १३.५१ अंक बढेर २८१२.३४ विन्दुमा पुगेको छ।हिजाे सोमबार ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियाे।

आज ३ सय ४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७ सय ६० कित्ता सेयर खरिद-बिक्री हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ।

सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ४४ अंक, फ्लोट इण्डेक्स शून्य दशमलव ४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ४१ अंकले बढेको छ।

रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।                     

कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ५६ करोड ३७ लाख ६१  हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक  सामान्य बढेको छ। 

लामो समयदेखि स्थिर रहेको बजारमा निर्वाचनको नतिजाले नयाँ गति लियो। विशेषगरी पुराना दलहरूको विकल्पमा नयाँ शक्तिलाई प्राप्त म्यान्डेटले देशको आर्थिक संरचनामा सुधार र सुशासन आउने अपेक्षामा लगानीकर्ताहरू हौसिएका छन्।

 


प्रकाशित : मंगलबार, चैत ३ २०८२१५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend