शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मुद्दती निक्षेपमा ९ अर्ब ९० करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ३ २०८२
मुद्दती निक्षेपमा ९ अर्ब ९० करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि लगानी गर्न लागेको हो। जसको अवधि सन् २०२६ मार्च २४ देखि २०२७ मार्च २४ सम्म रहनेछ।

काठमाडाैं- नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ९० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि लगानी गर्न लागेको हो। जसको अवधि सन् २०२६ मार्च २४ देखि २०२७ मार्च २४ सम्म रहनेछ।

यस लगानीका लागि राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट चैत ५ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव आह्वान गरेको छ।

राष्ट्र बैंकले कुल रकममध्ये वाणिज्य बैंकहरूमा ७ अर्ब ६० करोड रुपैयाँ, विकास बैंकहरूमा १ अर्ब ४२ करोड ५० लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ४७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएकाे हाे।

निक्षेप लिन चाहने संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, न्यूनतम पूँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ। 

साथै संस्थाको खुद मुनाफा रहेको, कर्जा-निक्षेप अनुपात  सीमाभित्र रहेको र राष्ट्र बैंकको कुनै पनि शीघ्र सुधारात्मक कारबाहीमा नपरेको वा कारबाही फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने व्यवस्था छ।


प्रकाशित : मंगलबार, चैत ३ २०८२११:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend