शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्से परिसूचक २६ अंकले घट्यो, कारोबार रकम ११ अर्ब ९७ करोड रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २ २०८२
नेप्से परिसूचक २६ अंकले घट्यो, कारोबार रकम ११ अर्ब ९७ करोड रुपैयाँ

आज ३ सय ४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार २ सय ११ कित्ता सेयर खरिद–बिक्री हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- साताको दोस्रो कारोबार दिन साेमबार आज नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा पुगेको छ।

आज ३ सय ४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार २ सय ११ कित्ता सेयर खरिद-बिक्री हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १४ अर्ब ३२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियाे।

सेन्सेटिभ इण्डेक्स १ दशमलव ३१ अंक, फ्लोट इण्डेक्स १ दशमलव ०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव २६ अंक घटेको छ।

सालपा विकास बैंकको र रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला हाइड्रोपावर र सोलु हाईड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।                         

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनीको ६८ करोड ७७ लाख २४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेकाे छ। बैंकिङ समूहको परिसूचक सबैभन्दा धेरै १.६१ प्रतिशत घटेकाे छ। 

 

 


प्रकाशित : सोमबार, चैत २ २०८२१५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend