शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विद्युतीय कार उत्पादन गर्न सुजुकीले भारतमा १.३ अर्ब डलर लगानी गर्ने

शनिबार, चैत ५ २०७८
विद्युतीय कार उत्पादन गर्न सुजुकीले भारतमा १.३ अर्ब डलर लगानी गर्ने

काठमाडौं- जापानी कार उत्पादक कम्पनी सुजुकी मोटरले भारतमा विद्युतीय कार उत्पादन गर्ने भएको छ। भारतमा विद्युतीय कार र ब्याट्री उत्पादन गर्न सुजुकीले करिब १ सय ५० अर्ब यन (१.२६ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको हो। 

हाल भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री फुमियो किशिदाले गरेको लगानी प्रतिवद्धताको एक अंशका रुपमा विद्युतीय कार तथा ब्याट्री उत्पादन समेत रहेको निक्की बिजनेस डेलीले लेखेको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा जापनी प्रधानमन्त्रीले आगामी ५ वर्षमा भारतमा ५० खर्ब यन लगानी गर्ने बताएका हुन्। 

सुजुकीले भारतमा विद्युतीय कार उत्पादनका लागि नयाँ उत्पादन लाइन नै स्थापना गर्ने बताइसकेको छ। सुजुकीले २०२५ अगावै भारतमा विद्युतीय कार उत्पादन गर्ने घोषणा यसअघि नै गरिसकेको छ।


प्रकाशित : शनिबार, चैत ५ २०७८०९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend