शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कालंगा हाइड्रोले चैत १० गतेदेखि आईपीओ निष्कासन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २ २०८२
कालंगा हाइड्रोले चैत १० गतेदेखि आईपीओ  निष्कासन गर्ने

कम्पनीले आफ्नो १ अर्ब ४० करोड रुपैयाँ जारी पुँजीको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियमे। जसअनुसार पहिलो चरणमा स्थानीयका लागि १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि ३ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो

काठमाडाैं- कालंगा हाइड्रो लिमिटेडले आगामी चैत १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले आफ्नो १ अर्ब ४० करोड रुपैयाँ जारी पुँजीको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियमे। जसअनुसार पहिलो चरणमा स्थानीयका लागि १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि ३ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो।

स्थानीयका लागि छुट्याइएको सेयरमध्ये बझाङ, बैतडी र दार्चुलाका अति प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख १० हजार कित्ता र सोही क्षेत्रका अन्य वडाहरूका बासिन्दालाई ४ लाख ९० हजार कित्ता बाँडफाँट गरिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १५ गतेसम्म र स्थानीय बासिन्दाले छिटोमा चैत २४ गतेसम्म आवेदन दिन पाउनेछन् भने ढिलोमा वैशाख ९ गतेसम्मको समय सीमा तोकिएको छ। 

केयर रेटिङ नेपालले कम्पनीलाई 'केयरएनपी डबल बी' रेटिङ प्रदान गरेको छ। जसले लगानीमा मध्यम जोखिम रहेको बुझाउँछ। कम्पनीद्वारा सञ्चालित १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोडभन्दा बढी रहेको छ भने यसले २०७९ माघदेखि नै व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको यस निष्कासनमा स्थानीय बासिन्दाले तोकिएका बैंकका शाखा तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाहरूले सि-आस्बा प्रणाली र 'मेरो सेयर' मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। 

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष रहेको छ भने यसको विद्युत अनुमतिपत्रको अवधि २५ वर्षभन्दा बढी बाँकी रहेको छ।


प्रकाशित : सोमबार, चैत २ २०८२१०:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend