शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार रकम १४ अर्ब ३२ करोड रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १ २०८२
नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार रकम १४ अर्ब ३२ करोड रुपैयाँ

आज ३ सय ५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर खरिद-बिक्री हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ।

आज ३ सय ५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर खरिद-बिक्री हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ।

सेन्सेटिभ इण्डेक्स शूल्य दशमलव ०८ अंक, फ्लोट इण्डेक्स शून्य दशमलव ०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव११ अंक बढेको छ।

सालपा विकास बैंकको र सोलु हाईड्रोपावर सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका ग्रीनलाईफ हाइड्रोपावरको ८१ करोड १ लाख २१  हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। व्यापार समूहको परिसुचक सबैभन्दा धेरै २.०२ प्रतिशत बढेको छ । 

लामो समयदेखि स्थिर रहेको बजारमा निर्वाचनको नतिजाले नयाँ गति लियो। विशेषगरी पुराना दलहरूको विकल्पमा नयाँ शक्तिलाई प्राप्त म्यान्डेटले देशको आर्थिक संरचनामा सुधार र सुशासन आउने अपेक्षामा लगानीकर्ताहरू हौसिएका छन्।

 


प्रकाशित : आइतबार, चैत १ २०८२१५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend