आइतबार, जेठ ६ गते २०८१    
images
images

आउन थाले हिमालआरोही 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १ २०७८
images
images
आउन थाले हिमालआरोही 

हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन्। म्याग्दीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन्। यो हिमाल धवलागिरि गाउँपालिका-४ मा पर्छ।

images
images

म्याग्दी- हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन्। म्याग्दीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन्। यो हिमाल धवलागिरि गाउँपालिका-४ मा पर्छ।

images
images
images

विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ। शरद्कालीन याममा हिमाल चढ्ने अनुमति लिएका आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुग्न थालेका छन्। 

images

सेभेन समिट र पाइनर टे«कमार्फत आएका आरोही बाबियाचौरबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिनुभएका इन्द्रसिंह शेरचनले बताए। आरोही सडक र पदमार्ग अवरुद्ध भएकाले हेलिकोप्टर चढेर गएका हुन्। 

images
images

‘बीस जनाको टोली हेलिकोप्टरबाट र २० पैदल हिँडेर आधार शिविर पुगेका छन्’, शेरचनले भने, ‘हिमालयन र डोल्मा ट्रेकमार्फत अनुमति लिएका पर्वतारोही काठमाडौंबाट आउने तयारीमा छन्।’ जापान, चीन, स्पेनलगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका सेभेन समिट ट्रेकबाट आएकी माया शेर्पाले बताए। उनीसहित पूर्णिमा श्रेष्ठलगायत नेपाली पर्वतारोहीको टोली पनि धवलागिरि आरोहणमा आएको छ। 

images
images

‘धवलागिरिमा नेपाली महिलाले अहिलेसम्म आरोहण गरेका छैनन्’, उनले भने ‘यो याममा हामी नेपाली महिला पर्वतारोही धवलागिरि चढ्ने तयारीमा छौँ।’ सो टोलीले गत वैशाखमा म्याग्दीमै रहेको अन्नपूर्ण प्रथम हिमाल पहिलोपटक चढ्ने नेपाली महिलाको कीर्तिमान बनाएको थियो।

८३ वर्षमा प्रबेश गरेका स्पेनका कार्लोस सोरिया पनि धवलागिरि आरोहणका लागि आउनुभएको छ। उनले गत यामसहित ११औँ पटकसम्म धवलागिरि हिमाल आरोणको प्रयास गरेका थिए। पर्यटन विभागले भदौ १५ गतेदेखि हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको थियो। चालीस जनाले धवलागिरि हिमालको आरोहणका लागि अनुमति लिएर ४२ लाख १० हजार रुपैयाँ सरकारलाई सलामी दस्तुर तिरेका विभागले जनाएको छ।   

शरद्याममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९०० डलर तिर्नुपर्छ। अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४०० सम्म सलामी दस्तुर तिर्नुपर्छ। रासस


प्रकाशित : शुक्रबार, असोज १ २०७८०५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend