शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्से परिसूचक २३ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब ५५ करोड रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २८ २०८२
नेप्से परिसूचक २३ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब ५५ करोड रुपैयाँ

सेन्सेटिभ इण्डेक्स १ दशमलव ६९ अंक, फ्लोट इण्डेक्स ० दशमलव ९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ०५ अंक बढेको छ।

काठमाडौं- नेप्से परिसूचक आज २३.८७ अंक बढेर २८२०.४४ बिन्दुमा पुगेको छ।

आज बिहीबार ३ सय ३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४ सय ५ कित्ता सेयर खरिद-बिक्री हुँदा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २ सय ३० रुपैयाँ बराबरको कारोबार भएको छ।

सेन्सेटिभ इण्डेक्स १ दशमलव ६९ अंक, फ्लोट इण्डेक्स ० दशमलव ९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ०५ अंक बढेको छ।

सालपा विकास बैंकको र रिलायन्स स्पिनिङ मिल्सको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।                         

कारोबार रकमका आधारमा नेशनल हाइड्रो कम्पनीको ६७ करोड ७९ लाख ४३  हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ समूहको परिसुचक सबैभन्दा धेरै २.०२ प्रतिशत बढेको छ । 

लामो समयदेखि स्थिर रहेको बजारमा निर्वाचनको नतिजाले नयाँ गति लियो। विशेषगरी पुराना दलहरूको विकल्पमा नयाँ शक्तिलाई प्राप्त म्यान्डेटले देशको आर्थिक संरचनामा सुधार र सुशासन आउने अपेक्षामा लगानीकर्ताहरू हौसिएका छन्।


प्रकाशित : बिहीबार , फागुन २८ २०८२१५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend