शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

धितोपत्र बोर्डले गर्‍यो ३ ब्रोकर कम्पनीलाई कारवाही

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २८ २०८२
धितोपत्र बोर्डले गर्‍यो ३ ब्रोकर कम्पनीलाई कारवाही

सेबोनले सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै जरिवाना तिराएको हाे।

काठमाडाैं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले  ३ वटा ब्रोकर कम्पनीलाई कारवाही  गरेकाे छ।

 सेबोनले सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै जरिवाना तिराएको हाे।

बोर्डले काठमाडौंको ज्ञानेश्वरस्थित सिप्ला सेक्यूरिटिज लिमिटेड, काठमाडौंको डिल्लीबजारस्थित श्री कृष्ण सेक्यूरिटिज लिमिटेड र काठमाडौंकै नक्सालस्थित हातेमालो फाइनान्सियल सर्भिसेज् प्राइभेट लिमिटेडलाई कारवाही गरेको हो।

बोर्डले तीन वटै ब्रोकर कम्पनीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (१) को खण्ड (ख) बमोजिम ५० लाख रुपैयाँ जरिवाना तिराएको हो। उक्त खण्डमा ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको उल्लंघन गरेमा सोको गाम्भीर्यका आधारमा’ जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ।

बोर्डले सिप्ला सेक्यूरिटिजलाई ५० लाख रुपैयाँ जरिवाना गरेको छ भने बाँकी २ वटै कम्पनीलाई ३०-३० लाख रुपैयाँ जरिवाना गरेको छ।

karbahi.jpg

 


प्रकाशित : बिहीबार , फागुन २८ २०८२१०:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend