शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्दै याम्बालिङ हाइड्रोपावर

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २८ २०८२
चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्दै याम्बालिङ हाइड्रोपावर

कम्पनीले ७० करोड रुपैयाँ जारी पुँजीको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो।

काठमाडाैं- याम्बालिङ हाइड्रोपावर लिमिटेडले आगामी चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले ७० करोड रुपैयाँ जारी पुँजीको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो।

जसमध्ये पहिलो चरणमा स्थानीयका लागि ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ करोड १० लाख रुपैयाँ बराबरको २ लाख १० हजार कित्ता सेयर खुला गर्न लागिएको हो।

स्थानीय बासिन्दातर्फ सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाहरूले यस आईपीओमा आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि स्थानीयको हकमा अधिकतम ७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूको हकमा अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

निष्कासन बन्द हुने समय वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छिटोमा चैत ११ र ढिलोमा चैत २२ गते तोकिएको छ भने स्थानीयका लागि छिटोमा चैत २२ र ढिलोमा २०८३ वैशाख ७ गतेसम्मको अवधि उपलब्ध हुनेछ।

केयर रेटिङ नेपालले यस कम्पनीलाई केयरएनपी डबल बी माइनसु रेटिङ प्रदान गरेको छ।जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्कासनमा स्थानिय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा र सिन्धु विकास बैंकको चौतारा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, स्थानियबासीहरुले ऐच्छिक रुपमा आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

 वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी-आस्बा प्रणाली वा मेरो सेयर अनलाइनमार्फत आफ्नो आवेदन दर्ता गराउनु पर्नेछ।


प्रकाशित : बिहीबार , फागुन २८ २०८२१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend